© २०२३
गुल्मी, माघ – गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो बनेको छ । स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्डका आधारमा तेश्रो बनेको हो । आर्थिक वर्ष ०७९l ०८० कोे न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्यांकनको आधारमा अस्पतालले ८९ प्रतिशत अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पतालहरु मध्येबाट अस्पतालमा भईरहेका स्वास्थ्य सेवाका न्यूनतम सेवाका मापदण्डहरु पुरा गरेर प्रदेशमा तेस्रो स्थान हासिल गरेको गुल्मी अस्पतालका डा.उत्तम पच्याले बताए ।
अस्पतालको न्यूनतम सेवा मापदण्ड सम्बन्धमा स्थलगत अनुगमनको क्रममा बर्दिया जिल्ला अस्पतालका डा.सुवास पाण्डे सहितको टोलीले अस्पतालले प्रवाह गर्ने सेवा सहित विभिन्न सूचकांकलाई आधार मानि मुल्यांकन गरेको थियो । अनुगमन मुल्यांकनको क्रममा गुल्मी अस्पतालको स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्डहरु विगतमा भन्दा थप राम्रो भएको पाईएको डा .पाण्डेले बताए ।
कार्यक्रमा रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा नगरपालिकावाट गर्नु पर्ने सहयोगमा कुनै कमी हुन नदिने बताए । उनले गुल्मी अस्पताल सबैको आशा र भरोसाको केन्द्रको रुपमा रहेको समेत बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले गुल्मी अस्पतालले गरेको कामको प्रशंसा व्यक्त गरेका थिए ।नागरिकहरुलाई सेवाप्रवाहमा सहजता प्रदान गर्न र उनीहरुलाई थप बिस्वस्त बनाउन पनि यो नतिजाले अझ उर्जा र प्रेरणा प्रदान गरेको गुल्मी अस्पतालका अध्यक्ष भरत पाण्डेले बताए । उनले अस्पतालमा अहिले हाडजोर्नी र गाइनोलोजिष्टका डाक्टरहरुद्वारा थप सेवा प्रवाह गर्न शुरु गरिएको समेत जानकारी गराएका छन ।