Butwal Today

दाङमा धान रोप्दै गर्दा चट्याङ लागेर एक महिलाको मृत्यु, दुई जना घाइते

२० असार २०८३, शनिबार
अ+
अ-

दाङ । दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ निवासी २६ वर्षीया दीपा थापा रहेकी छन्।

शनिबार साँझ करिब पौने ६ बजेतिर घोराही उपमहानगरपालिका–९ मछाही क्षेत्रमा धान रोपाइँ भइरहेको बेला एक्कासि चट्याङ पर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर घोराही–२ निवासी २९ वर्षीया कमला थापा र ३४ वर्षीय सन्दीप विक घाइते भएका छन्। उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये कमला थापाको अवस्था गम्भीर रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?