Butwal Today

पातुखोलाका स्थानीयको एकताले गाउँमा लागु औषधि दुर्व्यसनी न्यूनीकरण

१७ असार २०८३, बुधबार
अ+
अ-

तुलसीपुर (दाङ) ।  पातुखोलाका स्थानीयले यहाँका लागु औषध दुर्व्यसनीलाई न्यूनीकरण गर्न सफल भएका छन् ।

त्यसो त १ दुर्व्यसनी न्यूनीकरण मात्र होइन, समाजमा अन्य विकृतिजन्य क्रियाकलाप गर्नेलाई पक्राउ गरी प्रहरीलाई बुझाउन थालेपछि दुर्व्यसनी तथा समाजमा गैर कानुनी काम गर्नेको सङ्ख्या न्यूनीकरण हुँदै गएको हो ।

यसअघि यहाँ हुने झैँ–झगडा, कुटपिटजस्ता गैर गतिविधिले पातुखोला अक्रान्त थियो । अहिले हरेक साँझ समुदायका नागरिक एकजुट भएर गस्ती गर्छन् । जसले गर्दा समाजमा अनधिकृत कार्य कम हुँदै गइरहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ मा पर्ने सोही ठाउँका १० वटा टोलका नागरिक मिलेर त्यस्ता गतिविधि न्यूनीकरण गर्न अभियान सञ्चालन गरेका स्थानीय वीरेन्द्र विकले बताए ।

उनले भने, “हामीले हरेक साँझ यो अभियान चलाइरहेका छौँ”, “जसले गलत प्रवृत्तिका मान्छे गाउँमा छिर्न सक्दैनन् ।”

गाउँ नजिकै बसपार्क  छ । जसले अनधिकृत गतिविधि बढेको थियो । ज्ञान ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले बताए । उनले गस्तीका कारण घरमा निदाउने  वातावरण तयार भएको बताए ।

गत वर्ष फागुन ७ गतेदेखि सुरु भएको यो अभियान निरन्तर सञ्चालन भइरहेको छ । यस्ता अभियान समुदायस्तरबाट सञ्चालन भएमा त्यसले समाजलाई सही मार्गमा लैजाने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए ।

“समाजलाई सही मार्गमा लैजाने जिम्मेवारी समुदायको पनि हो”, उनले भने, “त्यसका लागि समाज मिलेर यस्ता कार्य निरन्तर गर्न आवश्यक हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?