Butwal Today

दाङमा ब्राउन सुगरसहित फरार प्रतिवादी पक्राउ

१२ असार २०८३, शुक्रबार
अ+
अ-

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१४ खौसापुरस्थित सुन्दररानी सामुदायिक वन नजिकबाट प्रहरीले २९ ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–१३ निवासी २८ वर्षीय सचिन नेपालीलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट शुद्ध तौल २९ ग्राम १४० मिलिग्राम ब्राउन सुगर, नगद २४ हजार ८५० रुपैयाँ, एक थान स्मार्टफोन तथा दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सचिन नेपाली यसअघि पनि लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादी हुन्। हाल उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङको हिरासतमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?