© २०२३
बुटवल, ८ माघ ।
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेला बुटवलमा सम्पन्न भएको छ । प्रथम भेलाको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख डा पुष्पराज पौडेलले उदघाटन गरे । उद्घाटन कार्यक्रमा बोल्दै डा. पौडेलले यस्ता संस्था खोल्नु समाजको लागि राम्रो भएको बताउँदै आयुर्वेदको विकासका लागि पनि महत्वपूर्ण हुने बताए ।
राष्ट्रिय आयुर्वेद एशोसिएशन नेपालका केन्द्रीय उपाध्यक्ष शालिकराम भुसालले आयुर्वेदको विकास र निकासका लागि राज्यसंग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले राज्यले आयुर्वेदको नीति निर्माण गर्दा कुन संस्थासँग सहकार्य गर्ने भन्दा राष्ट्रिय आयुर्वेद एशोसिएशन नेपालसंग सही तरिकाले काम गर्नु पर्ने बताए । भुसालले आयुर्वेदको विकासका लागि सम्पूर्ण आयुर्वेदकर्मी एकजुट भएर लाग्नुको विकल्प नभएको बताए । यो संस्था निर्देशनले नभई नीतिले चल्ने संस्था भएको उपाध्यक्ष भुसालले बताए ।
लुम्बिनी आयुर्वेद चिकित्सालय विकास समितिका सदस्य दुर्गा गौतम आचार्य, राष्ट्रिय आयुर्वेद एशोसिएशन नेपाल नवलपरासी जिल्ला अध्यक्ष दिनबन्धु मिश्र, सिद्ध फर्मुलेशनका सञ्चालक रामचन्द्र पौडेल, स्वास्थ्यकर्मी समाज लुम्बिनी प्रदेशका उपाध्यक्ष धुर्व भण्डारी, राष्ट्रिय आयुर्वेद एशोसिएशन नेपाल रुपन्देही जिल्ला अध्यक्ष दिपक कार्की, कमल शर्मा चापागाईलगायतले बोलेका थिए ।
राष्ट्रिय आयुर्वेद एशोसिएशन नेपाल लुम्बिनी प्रदेशका संयोजक नरहरी अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य समाचार डट कमका चन्द्रकान्त खनाल र सिद्ध फर्मुलेशनका सञ्चालक रामचन्द्र पौडेललाई दोसल्ला ओढाएर प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी डा. पुष्पराज पौडेल, रानका केन्द्रीय उपाध्यक्ष शालिक राम भुसाल र प्रदेश संयोजक नरहरी अर्यालले सम्मान गरेका हुन् ।
राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेलाले नरहरी अर्याल नविनको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ भने ३ जनाको सल्लाहकार समिति समेत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दिपक पन्थी, सचिवमा कमल शर्मा चापागाई, सह सचिवमा प्रदीप बैठा, कोषाध्यक्षमा रिता ज्ञवाली रहेका छन् । सदस्यहरुमा भुपेन्द्र डीसी, माधव बस्याल, दिक्षा भण्डारी, जीवन बस्याल, डा आविष्कार अधिकारी, धर्मराज भण्डारी, कमल आचार्य, डा. गोपाल न्यौपाने, मनोज राय र थानेश्वर न्यौपाने रहेका छन् । सल्लाहकारमा वरिष्ठ सल्लाहकार चन्द्रकान्त खनाल, प्रकाश ज्ञवाली र डा. सन्तोष गौतमलाई चयन गरिएको प्रदेश अध्यक्ष अर्यालले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी