ट्रेंडिंग:

>> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

प्रेस चौतारी दाङले स्थापना दिवस मनाउने

७ माघ २०७९, शनिबार
७ माघ २०७९, शनिबार

दाङ, ७ माघ ।

प्रेस चौतारी नेपाल दाङ शाखाले यही माघ २२ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डिसीको अध्यक्षतामा शनिबार घोराहीमा बसेको बैठकले यही माघ २२ गते तुलसीपुरमा रक्तदान कार्यक्रमसहित स्थापना दिवस भव्य रुपमा बनाउने निर्णय गरेको छ ।

यसैगरी, प्रेस चौतारी नेपाल दाङ शाखामा स्थापना भएका अक्षयकोष तथा पुरस्कारहरु व्यवस्थापनका लागि उपाध्यक्षद्वय प्रेमबहादुर राम्जा र सुधासुमन ढकाल, कोषाध्यक्ष गोकर्ण पौडेल र सहसचिव एकराज भण्डारीको समिति गठन गरिएको छ ।

यसैगरी, बैठकले लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका पोलिटव्युरो सदस्य लिला गिरीलाई बधाईसहित पार्टीबाट समानुपातिक प्रतिनिधि सभा सदस्य भएका मेनका पोख्रेल, आश्मा चौधरी र प्रदेश सभा सदस्यहरु सीता चौधरी र रेखा शर्मा बधाई ज्ञापन गर्दै समग्र दाङको हितका लागि काम गर्न नेतृत्वदायी भूमिका लिन पनि अनुरोध गरेको छ ।

एमाले पोलिटव्युरो सदस्य एवम् प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री लिला गिरीलगायत नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सम्मान गर्ने निर्णय गरिएको जिल्ला सचिव किरण गौतमले जानकारी दिए ।

यसैगरी बैठकले त्रिभुवननगर जेसीज वर्ष २०२३ को महासचिवमा संगठनका जिल्ला सचिव किरण गौतम र कोषाध्यक्षमा साधारण सदस्य टंक रावत ‘अनन्त’ निर्वाचित भएकोमा बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

बैठकमा संगठन सुदृढीकरणसँगै आगामी कार्ययोजना लगायत विषयमा पनि छलफल भएको थियो । सो अवसरमा, लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वनमा आएकाले राप्ती उपत्यका देउखुरीमा प्रेस चौतारी नेपालको भूमिका बढाउने सन्दर्भमा पनि वृहत छलफल भएको छ । यसैगरी, संगठनलाई थप बलियो बनाउन पालिका तहसम्मका संगठनलाई चलायमान बनाउन योजनावद्ध रुपमा कार्यक्रम गर्दै लैजाने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?