© 2026
सल्यान । सल्यानमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ मार्के स्थित खलङ्गा कालीमाटी सडक खण्डमा मार्केदेखि सिमखर्कतर्फ जाँदै गरेको भे १ त ६९५२ नम्बरको ट्याक्टरको ट्रली पल्टिँदा बनगाड कुपिण्डे नगरपालिका, ९ का १४ वर्षीय निर्मल भन्ने उत्तम यरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उत्तमलाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देजराज भट्टराईले जानकारी दिए ।
दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका, ९ का ५५ वर्षीय भदे वली र १९ वर्षीय विनोद विक घाइते भएका छन् । उनीहरूको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।