© २०२३
बुटवल, ६ माघ ।
रुपन्देहीमा क्रियाशिल नियमित लेखक तथा स्तम्भकारहरुको मातृ संस्था स्तम्भकार नेपालको एक भेलाले संस्थाको पुनर्गठन गरेको छ । भेलाले माधव कुमार पौडेलको अध्यक्षतामा ७ सदस्यीय तदर्थ कमिटी गठन गरेको हो ।
नव गठित कमिटीमा सचिव हुमराज भुसाल, सदस्यहरु ऋषि आजाद, सिमा वन, गणेश घिमिरे, ईन्दिरा अर्याल, मिनाक्षी न्यौपाने, दुर्गा शर्मा रहेका छन् ।
निवर्तमान अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मदनलाल पौडेल, ऋषि आजादलगायतले आ–आफ्नो धारणा राखेका थिए ।