Butwal Today

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

२ असार २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ ।

अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो । उनलाई मंगलबार नियन्त्रणमा लिएर बयान लिन सुरू गरिएको स्रोतले जानकारी दिएको छ ।

त्यस्तै व्यवसायी सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । सिद्धार्थ नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद सुनिल थापाका छोरा हुन् ।

अख्तियारले विभागका प्रशासन तथा व्यवस्थापन शाखाका निर्देशक एवं प्रवक्ता सोमेश थापा र सूचना प्रविधिका निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?