Butwal Today

होराइजन गौतम बुद्ध माविमा अभिमुखीकरण 

२ असार २०८३, मंगलवार
अ+
अ-

बुटवल । होराइजन गौतम बुद्ध मा.वि.ड्राइभरटोलले कक्षा ११ विज्ञान विषय समूहमा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीलाई विद्यालयको शैक्षिक वातावरण, नीति तथा नियमन, पाठ्यक्रम, अध्ययन प्रणाली, उपलब्ध अवसरहरूका बारे जानकारी गराई उनीहरूलाई शैक्षिक जीवनप्रति जिम्मेवार, अनुशासित र प्रेरित बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्य जानकारी दिए । गोपाल प्रसाद आचार्यले विद्यालयको शैक्षिक परम्परा, अनुशासन, गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता तथा विद्यार्थीहरूको भूमिकाका बारे प्रकाश पारेका थिए ।

सहजीकरण प्राध्यापक लक्ष्मण प्रसाद गौतमले विद्यालयका कार्यसमिति सदस्यहरू तथा विभिन्न विषयका शिक्षकहरूलाई विद्यार्थीहरू माझ व्यक्तिगत तथा व्यावसायिक विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा अभिमुखीकर्ता असीम शर्माले विद्यार्थीहरूलाई आफ्नो लक्ष्य स्पष्ट बनाई अनुशासित, मेहनती र सकारात्मक सोंचका साथ अध्ययन गर्न प्रेरित गरे ।

उनले आत्मविश्वासका साथ चुनौतीहरूको सामना गर्न, निरन्तर सिक्न र आफ्नो उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर हुन सुझाव दिए । सफलताका लागि लगनशीलता, जिम्मेवारी बोध र दृढ सङ्कल्प आवश्यक हुने कुरा बताए ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा असार २ गते व्यवस्थापन विषय समूहमा अध्ययन गर्ने विद्यार्थीहरूको कार्यक्रम हुने विद्यालयका संयोजक रुद्र भुसालले जानकारी दिए ।

कार्यक्रममा तिलोत्तमा न.पा. वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरी, सञ्चालक समिति अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठ, उपप्राचार्यद्वय इन्द्र प्रसाद भुसाल, ज्ञानेश्वर ज्ञवाली, शैक्षिक निर्देशक जीवनाथ भण्डारी, सञ्चालक डा. मुरारि पराजुली, डा.तारानाथ भट्टराई, डा. झुलन पौडेल, प्रकाश घिमिरे, प्रदीप अर्याल, भास्करनाथ पाण्डे, शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, अभिमुखीकर्ता असीम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?