Butwal Today

रास्वपा अर्घाखाँचीको सभापतिमा सीता पराजुली, उपसभापतिमा सहयोगी विसी निर्वाचित

२५ जेष्ठ २०८३, सोमबार
अ+
अ-

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला सभापतिमा सीता पराजुली निर्वाचित भएकी छन् । सदरमुकाम सन्धिखर्कमा सम्पन्न जिल्ला अधिवेशनले पराजुलीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

सभापति पदमा निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पराजित गर्दै पराजुली विजयी भएकी हुन् । पराजुलीले ९१ मत प्राप्त गर्दा सुनारले ७८ मत प्राप्त गरे । सभापतिका अर्का उम्मेदवार महेन्द्र कुँवरले ३३ मत प्राप्त गरेका थिए ।

निर्वाचन समितिका संयोजक प्रकाश बेल्वासेका अनुसार उपसभापतिमा सहयोगी विसी, सचिवमा चिरन पन्थी र सहसचिवमा लक्ष्मण भट्टराई निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरूमा बाबुराम खड्का, बेदराज घिमिरे, चुरामणि ढुंगाना, पिताम्बर सेजवाल, रमा खनाल र सीता सुनार निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै पार्टीको संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई थप सक्रिय बनाइने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?