बर्दघाट । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम जिल्ला अधिवेशन बाट रास्वपाका कार्यवाहक जिल्ला सभापति रवि पाण्डे निर्विरोध निर्वाचित भएका छन् । यसै गरी सहसचिवमा राकेश कुमार गुप्ता निर्विरोध भएका छन् । अध्यक्ष र सह सचिव दुवै पदमा एकल उम्मेदवारी परेको बताइएको छ ।
गत निर्वाचनको मुखैमा रास्वपाका तत्कालीन जिल्ला सभापति महेन्द्र सेन ठकुरी नेपाली काङ्ग्रेस प्रवेश गरेपछि पाण्डेले नै कार्यवाहक सभापतिको रूपमा पार्टीलाई चलायमान बनाउँदै आएका थिए ।
नवलपरासीको बर्दघाटमा जारी अधिवेशनमा अन्य पदहरूमा समेत सहमतिको प्रयास भइरहेको रास्वपाका एक नेताले जानकारी दिए । अधिवेशनमा रास्वपाका सांसदहरू सागर ढकाल,श्रद्धा कुँवर,विक्रम खनाल र नरेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको छ ।