© 2026
नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा आज एक बालक बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए ।
“नारायणी नदीमा दुई जना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका छन्, एक जनाको उद्धार गरी अस्पताल पठाइएको छ”, उनले भने, “बेपत्ता भएका बालकको खोजी जारी छ ।”
बेपत्ता भएका र उद्धार गरी अस्पताल पठाइएको दुवै बालकको परिचय खुल्न नसकेको उनले बताए । नदीमा पौडी खेल्न जाने क्रममा किनारमा खोलेर राखेको पोसाकका आधारमा दुवै बालक चितवनको नारायणघाटस्थित बालकुमारी कन्या माविमा अध्ययनरत विद्यार्थी भएको हुनसक्ने उनले बताए ।