Butwal Today

अर्घाखाँचीमा नेपाल नेत्रज्योति सङ्घको १२औँ साधारण सभा सम्पन्न

१० जेष्ठ २०८३, आइतबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीमा नेपाल नेत्रज्योति सङ्घ को १२औँ साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घ लुम्बिनी प्रदेशका सदस्य नेत्रप्रसाद भुसालले नेत्र उपचार तथा आँखा स्वास्थ्य सेवामा सङ्घले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि सामाजिक सेवाका कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए ।

साधारण सभामा सङ्घका कोषाध्यक्ष लक्ष्मण कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव उमेश घिमिरेले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हालसम्म गरेका गतिविधि, उपलब्धि र आगामी योजनाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सङ्घको संस्थागत विकास, सेवा विस्तार तथा सङ्गठनलाई थप मजबुत बनाउने विषयमा सहभागीहरूले आ–आफ्ना सुझावसमेत दिएको सङ्घका अध्यक्ष दलबहादुर केसीले बताएका छन् ।

साधारण सभामा दलबहादुर केसी, लिलाराम गौतम, हरि प्रसाद दमासे, कार्यालय प्रमुख सागर घिमिरे लगायतले मन्तव्य राख्दै नेत्र उपचार तथा आँखा स्वास्थ्य सेवामा सङ्घले पुर्‍याउँदै आएको योगदान महत्त्वपूर्ण रहेको बताएका थिए ।

साधारण सभाले दिवङ्गत भइसकेका आजीवन सदस्यहरूको नाम अभिलेखबाट हटाउने निर्णय गर्नुका साथै संस्थालाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने विषयमा समेत महत्त्वपूर्ण छलफल गरेको सङ्घका सचिव उमेश घिमिरेले जानकारी दिए ।

आँखा स्वास्थ्य तथा दृष्टि संरक्षणका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको नेपाल नेत्रज्योति सङ्घ को साधारण सभाले आगामी कार्यक्रम तथा संस्थागत योजनाबारे समेत विभिन्न निर्णय गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?