Butwal Today

मन्टेश्वरी मेमोरीको एसइईमा उत्कृष्ट सफलता

९ जेष्ठ २०८३, शनिबार
अ+
अ-

सिद्धार्थनगर । भैरहवास्थित मन्टेश्वरी मेमोरी इङ्लिस बोर्डिङ हाई स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका प्राचार्य धर्मेन्द्र मिश्रा का अनुसार एसइई परीक्षामा सहभागी २३ जना विद्यार्थीमध्ये १८ जनाले उत्कृष्ट नतिजा हासिल गरेका छन्। तीमध्ये ६ जना विद्यार्थीले ‘ए’ तथा ‘ए+’ ग्रेड प्राप्त गरी विद्यालयको गौरव बढाएका छन्।

प्राचार्य मिश्राले विद्यालयले विद्यार्थीहरूको शैक्षिक सुधारका लागि अतिरिक्त कक्षा, नियमित मासिक परीक्षा तथा विशेष मार्गदर्शन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहयोगकै कारण यस वर्ष उल्लेखनीय नतिजा हासिल भएको उनको भनाइ थियो।

यसैबिच, एसइईमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी जेनिस अधिकारी ले आफ्नो सफलताको श्रेय विद्यालय र शिक्षकहरूलाई दिएका छन्।

“मैले सोचेभन्दा पनि राम्रो नतिजा ल्याउन सफल भएँ। यसको मुख्य कारण शिक्षकहरूको राम्रो मार्गदर्शन र विद्यालयको शैक्षिक वातावरण हो,” उनले भने। साथै, यस विद्यालयमा अध्ययन गर्न पाएकोमा आफूलाई गर्व लागेको उनले उल्लेख गरे।

कार्यक्रममा विद्यालयका भूतपूर्व विद्यार्थीहरू पनि सहभागी भएका थिए। अन्तरिक्ष विज्ञान अध्ययनरत आशुतोष गिरी, कोलकाताको प्रतिष्ठित आईटी कलेजमा अध्ययनरत प्रशान्त पाण्डे लगायत अन्य पूर्वविद्यार्थीहरूले वर्तमान विद्यार्थीहरूलाई प्रेरणा र उत्साह प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?