ट्रेंडिंग:

>> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान

सुत्केरी र गर्भवती महिलालाई निःशुल्क पोषण झोला वितरण

४ माघ २०७९, बुधबार
४ माघ २०७९, बुधबार

नवलपरासी, ४ माघ ।

गर्भवती तथा सुत्केरी आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिदै पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले निःशुल्क पौष्टिक आहार वितरण सुरु गरेको छ । बुधवार १८ वटै वडाबाट गर्भवती महिलालाई ५ किलो र सुत्केरीलाई १० किलोका दरले पौष्टिक आहार वितरण सुरु गरिएको नगर प्रमुख धनपती यादवले बताए । रामग्राम १६ मा रहेको सुक्रौली स्वास्थ्य चौकिमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख यादवले १८ वटै वडामा पोषण झोला वितरण कार्यक्रमको शुभारम्भ गरेका थिए । गर्भवती भएको तीन महिना पुरा भई स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गराईरहेका महिला र सुत्केरी भएको ४५ दिन पूरा नभएका आमाहरुलाई पोषिलो खानेकुरा सहितको झोला वितरण गरिएको छ ।

सबै वडामा रहेका आधारभुत स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य चौकीबाट पौष्टिक तत्व मिसिएको खिर, दलिया, हलुवा लगायतका खाना सहितको झोला वितरण भईरहेको नगरपालिकाले जनाएको छ । ग्रामीण भेगका धेरै महिलाले गर्भवती भएको बेला र सुत्केरी भएपछि पनि प्रर्याप्त पोषण सहितको खानेकुरा खान नपाउँदा बच्चा र आमाको स्वस्थ्यमा असर पर्ने आएकाले नगरपालिकाले पौष्टिक तत्वले भरिपूर्ण आहार निःशुल्क वितरण गरेको नगर प्रमुख यादवले बताए । जसका लागि नगरपालिकाले २९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विगतका वर्षमा सीमित जनसङख्यालाई मात्र वितरण गरिदै आएको पोषिलो झोला यसपटक भने व्यापक रुपमा १८ वटै वडाबाट एकैसाथ वितरण सुरु गरेको यादवले बताए । बच्चा स्वस्थ हुनका लागि आमाको पेटबाटै पोषिलो खानेकुरा खानुपर्ने भएकाले नगरपालिकाले भावी पुस्ताको स्वस्थ्यको लागि पनि पोषिलो झोला कार्यक्रमलाई व्यापक बनाएको उनले बताए । पोषणको कार्यक्रम थप प्रभावकारी बनाउन संघीय सरकारसंँग थप २ करोड बजेट माग गरिएको पनि नगर प्रमुख यादवले जानकारी दिए ।

पोषिलो झोला अभियानबाट सदरमुकाम परासी सहित नगरका नौ सय महिला लाभान्वित हुने छन् । खानेकुराको निश्चित मात्रा तोकिएकाले उक्त पोषिलो खानेकुरा सुत्केरी नहँुदा सम्म नियमित खान पुग्ने गरी वितरण गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका सुरज हरिजनले बताए । पोषिलो झोला वितरण कार्यक्रम यस क्षेत्रमै पहिलो भएको बताउँदै सुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले यसको सही सदुपयोग गर्न महिलाहरुलाई आग्रह गरे । स्वास्थ्य संस्थामा गर्भवती हुनासाथ नियमित स्वास्थ्य जाँच गराउने नगरपालिकाले उपलब्ध गराएको सेवा लिन सापकोटाले आग्रह गरे ।
बुधबार अन्य वडामा पनि नगर उपप्रमुख सम्झना चौधरी, सम्बन्धित वडाका वडाअध्यक्ष लगायत जनप्रतिनिधिको उपस्थितिमा पोषण झोला वितरण गरिएको छ । रामग्राम नगरपालिका बालमैत्री नगरपालिका घोषणा भईसकेको नगरपालिका हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?