ट्रेंडिंग:

>> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च

शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड

४ माघ २०७९, बुधबार
४ माघ २०७९, बुधबार

चन्द्रौटा, (कपिलवस्तु) ४ माघ ।

शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले खानपान भेषभुषामा मात्रै नभएर थारुलाई शिक्षामा समेत विशेष प्राथमिकता दिनुपर्ने बताएकी छन् । पछिल्लो समय जातीय पहिचान जोगाउनको निम्ति थारु समुदायले ऐक्यवद्धता जनाएकोप्रति उनले हर्ष व्यक्त गरिन् ।

जिल्लाको शिवराज नगरपालिका–१, करहियामा थारु कल्याणकारीणी सभा शिवराज नगर कार्य समितिको आयोजनमा भएको महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । संस्कृतिको संरक्षण गर्न यस्ता खालका मेला महोत्सवले अत्यन्तै महत्वपूर्ण योगदान पु¥याउने गरेको बताउँदै शिक्षामा अझै पछि परेको उनले उल्लेख गरिन् ।

महोत्सवले थारु समुदायलाई राजनीति भन्दा माथि उठेर एकरुपता ल्याएको जनाउँदै हरेक बर्ष माघ महिनामा मनाइने माघी खिचडी पर्व सद्भावको पर्व रहेको समेत उपप्रमुख थारुको भनाई छ ।

थारु जातिको पहिचान संरक्षण, सम्बद्र्धन गर्न यस क्षेत्रको नमुना बनाउन उमरीमा करोडौको लागतमा शिवराज नगरस्तरीय थारु संग्रहालय निर्माण कार्य भइरहेको उनले जनाइन् । संस्कृति झल्किने ऐतिहासिक पुर्खाैली सामग्री संकलन सुरु भइसकेको जनाउँदै अब छिट्टै नै संग्रहालय सञ्चालनमा ल्याउने समेत थारुले जिकिर गरिन् ।

यसैबीच शिवराज नगरपालिका–२ का वडाअध्यक्ष राम बहादुर थारुले कार्यक्रममा बाल्दै थारु समुदायको माघी पर्व नयाँ बर्षको रुपमा मात्रै नभएर आन्दोलनको रुपमा समेत मनाएको बताए । माघी पर्व उल्लासका साथ मनाउँदै गर्दा अपराधीलाई सजाय हुनुपर्छ तर रेशम चौधरी जस्ता निर्दाेष आफ्नो पहिचानको लडाइ गर्दा योजनाबद्घ तबरले फसाइनु थारुहरुको लागि दुर्भाग्य भएको उनले जनाए । रेशम जस्ता युवा देशसँगै हरेक समुदायलाई खाँचो रहेको बताउँदै अब थुना मुक्त गराउन माघी पर्वले सकारात्मक भूमिका खेल्ने अध्यक्ष थारुले दावी समेत गरे ।

थारु कल्याणकारीणी सभा कपिलवस्तु जिल्ला सचिव जगतदेव थारु, हरि चौधरी, राम नरेश थारु लगायतले थारु समुदायलाई अगाडि बढाउन सांस्कृतिक कार्यक्रम मात्रै नभएर शिक्षा लक्षित क्षेत्रलाई प्राथमिकतामा राखेर योजना ल्याउनुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?