© २०२३
बुटवल, ४ माघ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । तामाङ नयाँ वर्ष २८५९ औ सोनाम ल्होछारको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बुधबार रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य विर बहादुर लामाले रक्तदातालाई ब्लड ब्याग वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । जातिय संस्कार, संस्कृति र भाषाभेषभुषामा आफनै छुट्टै पहिचान बनाएको तामाङहरु सामाजिक कार्यमा समेत अग्रसर रहँदै रक्तदान, अनाथ अपाङ्गलाई सहयोगको कार्यक्रम गर्दै आएको उनले बताए । कार्यक्रममा प्रदेश अध्यक्ष विरमान तामाङले यो वर्ष बाघ वर्गलाई बिदाई र खरायो वर्गलाई स्वागत गर्दै नयाँ वर्ष मनाउन लागेको बताए ।
कार्यक्रमका जिल्ला अध्यक्ष राजेश घिसिङले जिल्लामा छरिएर रहेका तामाङहरुलाई एकजुट गरी जातिय संस्कार र विविध सामाजिक कार्यक्रमहरुमा अग्रसर गराउँदै आएको बताए । यो सप्ताहब्यापी कार्यक्रम अन्तर्गत माघ ६ गते पुष्पलाल पार्कमा दिप प्रज्वलन, ८ गते शान्ति पदयात्रा पुष्पलाल पार्क, तामाङ पुजासंगै शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिने बताए । कार्यक्रममा रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । रक्तदान कार्यक्रमका संयोजक हसन्त लामाले अन्तर्राष्ट्रिय जातिय संजालमा आवद्ध रहेको तामाङ समुदाय संजालको निर्देशन र सहकार्यमा निरन्तर अघि बढ्दै आएको बताए । रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको उनले बताए ।