Butwal Today

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ

५ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, उनको पदभार ग्रहण पनि आजै हुनेछ । संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।

संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतकाले विरोध पनि गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?