© 2026
सिद्धार्थनगर । भैरहवामा नेपाली पूर्ण भिट्रिफाइड टायल ब्रान्ड लामिनार को नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा आएको छ । कम्पनीले शुक्रबार सिद्धार्थनगरस्थित जे जे स्टोनेक्स प्रालिसँगको सहकार्यमा शोरुम उद्घाटन गरेको हो । गुणस्तरीय टायलका लागि ठुला सहर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले ५०० भन्दा बढी डिजाइनका टायल बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
बर्दियास्थित उद्योगमा उत्पादन हुने लामिनारका टायल नेपाल मानक एनएस–६१७ अन्तर्गत पर्ने कम्पनीको दाबी छ । कम पानी सोस्ने, बलियो र टिकाउ भएकाले यी टायल घर, होटल, कार्यालय तथा सार्वजनिक संरचनामा प्रयोग गर्न उपयुक्त मानिन्छन् । शोरुममा फुलबडी (सेन्टो), एन्टिब्याक्टेरियल तथा हाई–ग्लस प्रविधिका टायलसमेत राखिएका छन् । ग्राहकले प्रयोगअनुसार टायल छनोट गर्न सकून् भन्ने उद्देश्यले शोरुमलाई व्यवस्थित गरिएको कम्पनीले जनाएको छ ।
उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको उत्पादन हुनु सकारात्मक भएको बताए । सिद्धार्थनगरका मेयर इस्तियाक अहमद खा ले भैरहवामा गुणस्तरीय टायल शोरुम सञ्चालन हुनु पूर्वाधार विकासका लागि महत्त्वपूर्ण भएको उल्लेख गरे । कम्पनीले देशभर १६० भन्दा बढी शोरुम विस्तार गर्ने लक्ष्यसमेत राखेको छ ।