© 2026
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम पारित गरेको छ । छलफलका क्रममा उठेका प्रश्नका विषयमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले जवाफ दिएपछि संशोधनकर्ता सदस्यको प्रस्ताव फिर्ता लिनेरनलिने प्रक्रिया पूरा भई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णययार्थ रूपमा प्रस्ताव प्रस्तुत गर्दा नेपाल कम्युनिष्ट पार्टी एमालेले मतदानमा भाग नलिने जनाएको थियो भने अन्य दलका सदस्यको ध्वनि मतबाट नीति तथा कार्यक्रम पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन मार्फत नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।