© 2026
लमही । सुर्खेत नगर विकास समितिमा करिब ३ करोड रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीसहित पाँचजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार नगर विकास समितिमा संकलित राजस्व अनियमित ढंगले हिनामिना गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि डाँगीसहित तत्कालीन पदाधिकारी र कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको हो । उनी हाल लमही नगरपालिकामा तेस्रो पटक प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए ।
डाँगीमाथि यसअघि पनि आर्थिक अपारदर्शिता, शक्ति केन्द्रको आडमा प्रशासन चलाएको तथा स्थानीय तहमा विवादास्पद निर्णय गरेको आरोप लाग्दै आएको थियो ।