Butwal Today

फ्रि योग साधनाको रक्तदान

२७ बैशाख २०८३, आइतबार
अ+
अ-

बुटवल । फ्रि योग साधनाले स्थापना दिवसको अवसर पारेर शनिबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

साधनाले रक्दान मानव जीवनको सबै भन्दा महत्त्वपूर्ण कार्य भएकाले आफूहरूले स्थापना दिवसको अवसर पारेर कार्यक्रम सम्पन्न गरेको साधनाको अध्यक्ष विष्णुमाया श्रेष्ठले बताइन । उनले अहिले पनि धेरै जनाले रगत अभावमा ज्यान गुमाउने अवस्था रहेकाले आफूहरूले कार्यक्रमको आयोजना गरेको बताइन ।

कार्यक्रममा बोल्दै  नेपाल रक्तदाता समाजका केन्द्रीय सदस्य कृष्ण चौहानले अझै पनि समाजमा सहज रूपमा रगतदान गर्नेको सङ्ख्या बढाउनु पर्ने बताए । उनले नयाँ पुस्ताहरूलाई रक्तदानमा जोड्न सबैले सहकार्य गर्नुको विकल्प अब नरहेको  बताए । उनले योग शिविरले यस क्षेत्रका बासीहरूलाई स्वास्थ्य र निरोगी बनाउन साधनाले महत्त्वपूर्ण भूमिका रहेको बताए ।

रक्तदान कार्यक्रमका संयोजक विष्णु उपाध्यायले आफूहरू बिहानको समयलाई स्वास्थ्य हुनका लागि योग साधनामा सबै जोड्दै अगाडि बढिरहेको छ । यसलाई यहाँसम्म ल्याउनका लागि सबैको साथ र सहयोगले आफूहरू अगाडी बढेको बताए । कार्यक्रममा ५२ जनाले रक्तदान गरेको पदम जिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?