Butwal Today

माइतीघरमा सरकारविरुद्ध सुकुमवासी, चम्चा र थाल बजाउँदै प्रदर्शन

२५ बैशाख २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

सुकम्वासी, भूमिहीन अव्यवस्थित बसोबासीस्थलमा क्रुरतापुर्वक डोजर लगाइ उठिबास लगाएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

विना कुनै बिकल्प सरकारले सुकम्वासी, भूमिहीन अव्यवस्थित बसोबासीस्थलमा डोजर लगाएर आफुहरुमाथि अन्याय गरेको भन्दै संयुक्त सुकुम्बासी मोर्चा लगाएत बिभिन्न संघसंस्थाको अगुवाइमा शुक्रबार प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले भूमि र आवास अधिकारको लागि निरन्तर लड्ने चेतावनी समेत दिएका छन् ।

उनीहरुले समाजवादको नारा डोजरको साहारा, बिकासको नाममा विस्थापन बन्द गर, घर होइन अन्याय भत्काउ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । साथै उनीहरुले थाल र चम्चा बजाएर सरकारबिरोधी नारावाजी समेत गरेका छन् ।

काठमाडौंका १६ बस्तीबाट ९ दिनमा १५ हजार बढी विस्थापित भएका छन् । सरकारले विस्थापितहरूलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?