ट्रेंडिंग:

>> पाल्पाको नुवाकोटगढीम रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न

राप्रपामा मन्त्री बन्न हानथाप

३ माघ २०७९, मंगलवार
३ माघ २०७९, मंगलवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीन मन्त्री पाउने तय भएको छ । सत्ता साझेदार दलमा सोमबार भएको सहमतिअनुसार राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा र सहरी विकासका साथै महिला बालबालिका वा खेलकुद मन्त्रालय मध्ये एक मन्त्रालय पाउने तय भएको हो ।

जसमा उपप्रधानसहित ऊर्जा मन्त्री पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन हुने निश्चित भएको छ । यस्तै नेता ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने मोटामोटी सहमति भएको छ । तर, अर्को मन्त्री छान्न भने सो पार्टीलाई सकस पर्ने देखिएको छ । मन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबीच हानथाप देखिएको हो । उसो त जुम्लाबाट निर्वाचित ज्ञानेन्द्र बहादुर शाहीले पनि मन्त्री बन्ने आकांक्षा देखाएको भए पनि उनी यो पटक मन्त्री नबन्ने बताइएको छ ।

राप्रपा स्रोतका अनुसार लिङ्देन र प्रधान मन्त्री बन्ने निश्चित भए पनि पाण्डे र राणाबीचको रस्साकस्सीले नाम टुङ्गो लगाउन सकस भएको छ । पार्टी संसदीय दलको कार्यादेश अनुसार मंगलबार नै अध्यक्ष राजेन्द्र लिङ्देनले नाम टुङ्गो लगाउने ती नेताको भनाइ छ । यस्तै राप्रपाले एक राज्यमन्त्री समेत पाउने स्रोतको भनाइ छ । राज्यमन्त्रीमा मकवानपुरबाट निर्वाचित दीपक सिंह पठाउने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार नै मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?