Butwal Today

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन

२४ बैशाख २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ ।

सङ्घीय संसद्का सदस्यहरुले प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकको विद्युतीय हाजिरी प्रयोजनका लागि धमाधम बायोमेट्रिक (जैविक) विवरण दिन थालेका छन् ।

दुवै सभाका बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखमा राख्न जैविक विवरण प्रदान गर्नसंसद् सचिवालले सांसदहरुलाई अनुरोध गरेको थियो ।

सचिवालयले आजदेखि यही वैशाख २८ गतेसम्म सांसदहरुलाई सिंहदरबारस्थित विभिन्न समितिको कार्यालयमा उपस्थित भई जैविक विवरण प्रदान गर्न आग्रह गरेको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विगतमा नयाँ बनेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा प्रबन्ध गरिएको हाजिरी जेनजी आन्दोलनमा नष्ट भएकाले पुनः विवरण दिन सांसदहरुलाई अनुरोध गरिएको बताए ।

उनले पहिलो चरणमा सभाका बैठकहरुका लागि विद्युतीय हाजिरीबाट अभिलेख गरिने र क्रमशः समितिका बैठकहरुको विद्युतीय हाजिरी व्यवस्थापन गरिने जानकारी दिए ।

यही वैशाख २८ गते अपराह्न २ः०० बजेदेखि दुवै सदनका बैठक हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?