© २०२३
घोराही ।
दाङमा बाल बिवाह गरेको आरोपमा बिवाह मण्डपबाट दुलहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । घोराहीको लेटार जनकपुरबाट जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलिले बाल बिवाह गरेको भन्दै दुलहि र दुलाहलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मुद्धा दर्ता गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता राजन गौतमले बताए । १७ बर्षिय बालिकालाई बिहे गर्ने दुलाहासहित दुलहीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ परेकाहरुको पहिचान भने सार्बजनिक गरेको छैन ।