ट्रेंडिंग:

>> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

मिलनटोल विकास संस्थाको २१ औंं साधारण सभा

२ माघ २०७९, सोमबार
२ माघ २०७९, सोमबार

बुटवल, २ माघ ।

बुटवल उपमहानगरपालिका वडा नं. ९ अन्तर्गत मिलनटोल विकास संस्थाको २१ औंं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ । स्थानीय रुपमा उपलब्ध श्रम, सीप, साधन र अवसरहरुलाई अधिकतम परिचालन गर्दै वडा तथा नगरको सामाजिक तथा आर्थिक ब्यवस्थालाई एक अर्काको रुपमा विकसित गर्दै गरिबी न्युनीकरण प्रयासमा ठोस योगदान पु¥याउनु तथा आफ्नो टोलको समग्र विकास गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यका साथ मिलन टोल विकास संस्था गठन भएको संस्थाका अध्यक्ष कमला बस्नेत कुँवरले जानकारी दिईन् ।

यस संस्थाले स्थापना कालदेखि नै आफ्नो टोलबासीहरुको बीचमा बचत गर्ने बानीको विकास गराउने, आवश्यक पर्दा ऋण सहयोग गर्ने, आफ्नो टोलबासीहरुको समस्या र विकासका लागि सम्बन्धित निकायमा पहलकदमी गर्दै समन्वयकारी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष कुँवर बताइन् । १४१ घरधुरी सदस्य रहेको उक्त संस्थाको शनिवार सम्पन्न अधिवेशनले तीन बर्षका लागि पुनः कमला बस्नेत कुँवरलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको छ ।

यस्तै उपाध्यक्षमा माया रायमाझी खड्का, सचिवमा रुपा बस्याल, कोषाध्यक्षमा बिष्णु बन्जाडे, सहसचिवमा शोभा खड्का र सदस्यहरुमा सकुन्तला भण्डारी, सिन्धु जिसी, किरण शाक्य, बिष्णुसरा राम्जाली, रमणी श्रेष्ठ, यशोदा थैव, जमुना भूसाल, लाड्ली श्रेष्ठलाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिका संयोजक यमलाल खनालले जानकारी दिए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठले बुटवल ९ भित्र रहेका १३ वटा टोल विकास संस्थाहरु मध्ये सबै भन्दा पुरानो र टोलवासीहरुलाई सेवा दिने मध्ये सबै भन्दा उत्कृष्ट टोल मिलन टोल विकास संस्था रहेकोले वडाको तर्फबाट पुरस्कृत गरिने घोषाणा गरेका थिए ।

कार्यक्रममा वडा सदस्य विवेक पुरी, इन्दिरा ज्ञवाली, सुर्य बहादुर कार्की, सामुदायिक विकास तथा वातावरण समितिका अध्यक्ष, भरतराम भट्टराई, सामाजिक बहुउद्देश्यीय संस्थाका अध्यक्ष भोज बहादुर बुढाथोकी, सल्लाहकारहरु नवराज कुँवर, प्रिया गुरुङ लगायतले वडा तथा टोलको विकासका सन्दर्भमा आफ्नो धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?