Butwal Today

दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

१७ बैशाख २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ ।

दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधवार नेपाली चियाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाली टी टेस्टिङ कार्यक्रम’ आयोजना गरेको छ ।

त्यस अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत  शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको विविधता र गुणस्तरलाई कोरियाली बजारमा परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन ।

सिओलस्थित दूतावासका अनुसार उनले कार्यक्रमका माध्यमबाट  दुवै देशका चिया उद्यमीबिच अर्थपूर्ण संवादलाई  प्रोत्साहन भएको बताउँदै चिया संस्कृति, परम्परा र सम्बन्धको प्रतीक भएको उल्लेख गरिन ।  हिमालका काखमा उत्पादित नेपाली चियाको विशिष्ट गुणस्तर रहेको र कोरियाली बजारमा यसको उच्च सम्भावना रहेको राजदूत  तुम्बाहाम्फेले बताइन ।

कार्यक्रममा ३० भन्दा बढी कोरियाली चिया आयातकर्ता तथा ६ जना नेपाली चिया उद्यमी सहभागी भएका थिए । कार्यक्रम राष्ट्रिय चिया दिवसको सन्दर्भमा आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?