Butwal Today

यतिको जहाज दुर्घटना: विमानमा सवार ७२ जनाकै मृत्यु

१ माघ २०७९, आइतबार
अ+
अ-

काठमाडौं।

आज पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाकै मृत्यु भएको छ। आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा सशस्त्र प्रहरीले गोताखोर प्रयोग गरी बाँकी ४ जनाको शव पनि निकालेसँगै मृत्यु हुनेको संख्या ७२ पुगेको।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले मृतक संख्या ६८ रहेको पुष्टि गरेको थियो।

विमानमा चार जना चालकदलबाहेक महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ यात्रु रहेका थिए।

पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर७२ जहाज दुर्घटना भएको हो।