ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन
मुख्य समाचार

‘प्रहरी बिट’ लाई शौचालयः छिमेकीको भर

ट्राफिक चोक प्रहरी बिट, अमरपथ प्रहरी बिट, राजमार्ग चौराहा प्रहरी बिट तीनवटैमा न त खानेपानी धारा नै छ, न त शौचालय नै । यहाँ खटिने प्रहरीले खानेपानी र शौचालयको जोहो छिमेकीको मागेर गर्दै आएका छन् ।
१ माघ २०७९, आईतवार
१ माघ २०७९, आईतवार

बुटवल, ३० पुस ।

जनताको शान्ति सुरक्षामा २४ सै घण्टा खटिईरहने नेपाल प्रहरीका शहर भित्रका कतिपय कार्यालय, प्रहरी बिटमा खानेपानीको धारा शौचालय समेत छैनन् । मुख्यबजार क्षेत्रलाई केन्द्रित गरेर स्थापना गरिएता पनि त्यस्ता प्रहरी कार्यालयहरुमा आधारभुत आवश्यकता समेत व्यवस्था नगरिएको पाइएको हो ।

टालटुले पारामा सञ्चालन भैरहेका यी र यस्ता प्रहरी बिटले सुरक्षाका लागि खटिएका प्रहरीलाई थप सास्ती दिएको छ । सुरक्षाका कारणले महत्वपूर्ण तर कामचलाउका रुपमा रहेका कार्यालयमा खटिने प्रहरीले दुःख पाउने गरेको पाईएको हो ।

मानिसहरुलाई नभई नहुने खानेपानी शौचालय जस्ता अत्यावश्यक बस्तुको समेत व्यवस्थापन नहुँदा कार्यरत प्रहरी कर्मचारीहरुले शौचालयका लागि छिमेकीको भर पर्नुपरेको हो । खानेपानी, शौचालय जस्तो कुरा समेत मागेर चलाउनु लज्जाको विषय बनेको छ ।

कार्यालय स्थापना भएको बर्षौं भैसकेको छ । धेरै मन्त्री, प्रहरी प्रमुखहरु परिवर्तन भए तर चोकमा लठी समाएर बस्ने प्रहरीको अवस्था भने अझै उस्तै छ ।
बाहिरबाट हेर्दा र देख्दा साना लाग्ने तर जनताको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका रहने कार्यालयहरु न्यूनतम कुराहरु नपाएर मागेर चलाउँछन् भन्दा अचम्म लाग्न सक्छ । बुटबल उप–महानगरपालिका मुख्य बजार भित्रका ३ वटा प्रहरी कार्यालय (बिट) जहाँ एउटा कार्यालयमा ६ जनाको सख्यामा प्रहरी खटिदै आएका छन् ।

ट्राफिक चोक प्रहरी बिट, अमरपथ प्रहरी बिट, राजमार्ग चौराहा प्रहरी बिट तीनवटैमा न त खानेपानी धारा नै छ, न त शौचालय नै । यहाँ खटिने प्रहरीले खानेपानी र शौचालयको जोहो छिमेकीको मागेर गर्दै आएका छन् ।

कार्यालयहरुमा दुई तीनवटा पलङ्ग बिस्तारा समेत राखिएको छ । रातीमा केही प्रहरी कर्मचारीहरु त्यहीं नै सुत्ने गर्दछन् । रातिमा बस्नेहरुलाई खानेपानी र शौचालय भने अन्यत्र खोज्नु पर्ने हुँदा समस्या छ ।

बुटवल ट्राफिक चोकमा केही समयदेखि खटिदै आएका एक प्रहरीले भने –‘दिउँसोमा त बजार खुल्ला हुन्छ सबै पाईन्छ तर रातीमा भने शौचालय गर्न कि त गोलपार्क कि नेपालगञ्ज रोड, कि लुम्बिनी प्रादेशिक अस्पताल जानुको विकल्प छैन ।’

उनले धेरै समस्या रहेको भन्दै खानेपानी धारा र शौचालय नभएको र धुलोले लगाउने कपडा बाहिर राख्ने अवस्था नै नभएको समेत बताए । कपडा धुलोका कारण पलाष्टिकले बेरेर राख्नुपर्ने बाध्यता समेत रहेको उनको भनाई छ । ‘बाहिर राखे लगाउनै मिल्दैन, खानेपानी र शौचालय नहँुदा रातीमा कहिले काँही साह्रै दुःख पाउनु परेको छ’ उनले भने ।
कहीलेकाँही मोटरसाईकल लिएर शौचालय जानुपरेको एक प्रहरीको गुनासो छ । इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले अस्थायी रुपमा स्थापना गरिएको हुँदा केही ब्यवस्थापन गर्न कठिनाई भैरहेको बताउँछन् । केन्दीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको सहयोगमा स्थायी दरबन्दी निकासा नहुँदा र प्रविधियुक्त स्थायी संरचना निर्माण गरेर प्रहरी चौकी लैजानुपर्ने उनको भनाई छ । प्रमुख थापाले भने–‘समस्या धेरै छन्, विस्तारै समाधान गरेर लैजानुको विकल्प छैन, आशावादी हुनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?