ट्रेंडिंग:

>> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व
प्याब्सनको दुई दिने लुम्बिनी प्रदेश परिषद भेला सुरु

निजी शैक्षिक क्षेत्र पनि आर्थिक संकटमा

२९ पुष २०७९, शुक्रबार
२९ पुष २०७९, शुक्रबार

बुटवल, २९ पुस ।

शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रले गरेको योगदानको सरकारबाट उचित मुल्याकन नभएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले गुनासो गरेका छन । देशमा दक्ष जनशक्ति उत्पादन गरी शैक्षिक विकासमा योगदान दिदै आएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को लुम्बिनी प्रदेश परिषद भेलामा बोल्ने वक्ताहरुले शैक्षिक क्षेत्र पनि आर्थिक संकटबाट अछुतो नरहेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

शुक्रबार बुटवलमा सुरु भएको दुई दिने भेलाको प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुगानाले उदघाटन गर्दै सरकारले निजी क्षेत्रको शैक्षिक योगदानप्रति दृष्टिकोण परिर्वतन गर्नुपर्ने बताए । केवल मुनाफामात्र नभई सामाजिक दायित्वमा समेत आफुहरु अग्रसर रहेको दाबी गर्दै दक्ष जनशक्ति उत्पादनमा गरेको योगदानको उचित मुल्याकन हुन नसकेको दुखेसो गरे ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज विष्णु पन्थीले वर्तमान देशको आर्थिक, सामाजिक अवस्था र प्याब्सनको योगदानबारे छलफलका लागि भेला आयोजना गरिएको बताए । प्रदेश परिषदमा प्याब्सन सागठनिक तथा आर्थिक विवेचना, सरकारबाट सृजना भएका ऐन, ४५ प्रतिशत छात्रवृत्ति दिने, राष्ट्रिय अर्थतन्त्रमा आएको प्रभावले शिक्षा क्षेत्रमा आएको समस्या समाधानको विषयमा समेत छलफल गरेर निचोड निकालिने उनले बताए ।

कार्यक्रममा प्रदेश अध्यक्ष लालहरि पाण्डेले नेपालको शैक्षिक विकासमा प्याब्सनको योगदानबारे चर्चा गर्दै संगठित भएर अधिकार प्राप्तिमा लाग्ने समय भएको बताए । कार्यक्रममा च्याम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले कोभिड र त्यसपछिको वर्तमान समयमा देशको आर्थिक अवस्थाबारे समग्र क्षेत्र चिन्तित रहेको बताए । यो विषयमा सबै क्षेत्रको आवाज एक गरी अघि बढ्न जरुरी रहेको उनले बताए । नेपाल राष्ट्र बैकमा आवश्यक दबाबमुलक कार्य गरिदा थोरै सम्बोधन भएपनि त्यो पुर्ण नभएको गुनासो गरे । ‘थप अगाडि बढ्नुपर्ने समय आएको छ’– उनले बताए । जनशक्ति उत्पादन गर्दा विदेश पलाउनको अवस्था रोक्ने गरि अगाडि बढ्न जरुरी रहेको उनले बताए । शिक्षा पद्धतिलाई मौलिक, ब्यवहारिक रुपमा कार्यान्वयन हुनेगरि अघि बढ्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले मिडिया सधै निजि क्षेत्रको पक्षमा रहेको भएपनि आवश्यक सहकार्य हुन नसकेको बताए । मिडियाको क्षेत्रबाट बिना स्वार्थ निजि विद्यालयसंग सहकार्य गर्न तयार रहेको उनले बताए । निजी क्षेत्रको सहकार्यबिना सरकारले ल्याउने नीति कार्यक्रम चल्न नसक्ने भन्दै उनले सरकार र निजि क्षेत्रको सहकार्य परिहार्य हुने बताए । नेपाल जस्तो देशमा सरकारले निजी क्षेत्र भेलामा १२ जिल्लाका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो । प्याब्सन पाल्पा जिल्ला अध्यक्षमा रहेर शैक्षिक क्षेत्रका योगदान पुरयाएका लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुलाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?