Butwal Today

प्रधानमन्त्री शाहको भारत भ्रमण सैद्धान्तिक सहमति

२८ चैत्र २०८२, शनिबार
अ+
अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे नेपाल र भारत बीच सैद्धान्तिक सहमति भए पनि भ्रमण केही समयपछि मात्रै हुने भएको छ। आवश्यक कूटनीतिक तयारी पूरा भएपछि मात्र औपचारिक भ्रमण हुने जनाइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले शाह प्रधानमन्त्री निर्वाचित भएपछि पठाएको बधाई सन्देशमै भारत भ्रमणको निम्तो दिएका थिए। सो निम्तोको जवाफमा प्रधानमन्त्री शाहले “उचित समयमा भारत भ्रमण गर्ने” उल्लेख गरेका थिए।

परराष्ट्रमन्त्री शिशिर खनाल का अनुसार भारतीय विदेशमन्त्री एस जयशंकर सँग भएको वार्तामा पनि भ्रमणबारे सकारात्मक सहमति बनेको छ। तर भ्रमणको मिति तय गर्नुअघि द्विपक्षीय एजेन्डा तयारी, कूटनीतिक समन्वय र आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेकाले तत्काल भ्रमण नहुने उनले बताएका छन्।

नेपाल–भारत सम्बन्धका दृष्टिले प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ। भ्रमणले दुई देशबीच व्यापार, ऊर्जा, पूर्वाधार र कूटनीतिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।अनुभूति गर्ने नतिजा दिन सकिन्छ कि सकिँदैन भन्नेमा केन्द्रित हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?