© २०२३
पोखरा ।
मुख्यमन्त्री खगराज अधिकारीलाई ३१ सांसदले विश्वासको मत दिएका छन् । शुक्रबार मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो । मतदानमा ५८ सांसद उपस्थित थिए । एमालेबाट जेष्ठ सदस्य मित्रलाल वस्यालले सभाअध्यक्षको भूमिकामा थिए । अधिकारीको पक्षमा ३१ मत परेको छ भने २७ मत मात्रै विपक्षमा परेको छ । नेकपा एकीकृत समाजवादीका सांसद दिपक मनाङे अनुपस्थित भएका छन् । एमालेका अधिकारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका छन् ।