© 2026
लमही ।
दाङको देउखुरीमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् ।
घाइते हुनेमा राप्ती गाउँपालिका-१ भालुवाङ निवासी ५९ वर्षका तिलक खड्का र ३० वर्षका सुशील विष्ट रहेका छन् । खड्काको मुख र दायाँ हातमा चोट लागेको छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ ।
मङ्गलवार बिहान करिब ११ बजेको समयमा जङ्गलबाट भालुवाङ अस्पताल नजिकको बस्तीमा चितुवा पसेपछि खड्का र केसीले चितुवालाई छोप्न खोज्दा चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् ।
चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय लमहीलाई बुझाएका छन् । नियन्त्रणमा रहेको चितुवा पनि घाइते अवस्थामा छ ।