Butwal Today

रोकिराखेको टिप्परमा ठोक्किएर बुटवलमा एक जनाको मृत्यु

२४ चैत्र २०८२, मंगलवार
अ+
अ-

बुटवल । बुटवलमा रोकिराखेको टिप्परमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सोमबार राती साढे १२ बजे बुटवल उपमहानगरपालिका वडा नं ११ देविनगर मुस्कानपथमा पार्किङ गरी राखेको लु १ क ४८९३ नम्बरको टिप्परमा लु १८ प ११२३ नम्बरको मोटरसाइकल ठोक्किदा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४३ वर्षीय डण्डपाणि भुर्तेलको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले दुर्घटनामा परी गम्भीर घाइते भएका भुर्तेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको बताए ।

टिप्पर चालक पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्सा घर भई  बुटवल उपमहानगरपालिका ११ लालिगुँरास पथ बस्ने ३२ वर्षीय दिनेश गुरूङ र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?