Butwal Today

सरकारी कार्यालयको समय बिहान ९ देखि ५ बजेसम्म 

२२ चैत्र २०८२, आइतबार
अ+
अ-
काठमाडौँ । सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु सञ्चालनको समय बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म कायम हुनेछ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई गृह मन्त्रालयले आजै राजपत्रमा प्रकाशन गरी सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय यही चैत २३ गतेदेखि बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म कायम हुने जनाएको हो ।
तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कायम गर्ने राजपत्रमा प्रकाशति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?