Butwal Today

अर्घाखाँचीको धातिवांग रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन

२२ चैत्र २०८२, आइतबार
अ+
अ-

बुटवल ।

अर्घाखाँचीका बासिन्दा तर रुपन्देही बसाइसराइ गरेका व्यक्तिहरूले गठन गरेको धातिवांग रुपन्देही सम्पर्क समाजको हालै सम्पन्न अधिवेशनले नयाँ १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले गंगा पौडेललाई अध्यक्षमा चयन गरेको छ भने वरिष्ठ उपाध्यक्षमा भविवर पौडेल, उपाध्यक्षमा हरि प्रसाद घिमिरे, सचिवमा शंकर पाण्डे, कोषाध्यक्षमा सुमन पौडेल, सहसचिवमा टेकराज पौडेल, सह कोषाध्यक्षमा गौरी पौडेल चयन भएका छन् । अन्य सदस्यहरूमा खिमराज पौडेल, लिलामणि पौडेल, दीपक पौडेल, कमल पौडेल, कल्पना भुसाल पौडेल र भविश्वर पौडेल रहेका छन् ।

नव निर्वाचित अध्यक्ष गंगा पौडेलले समाजको मुख्य उद्देश्य अर्घाखाँची र रुपन्देहीका बासिन्दा तथा परिवारबिचको आपसी सम्बन्ध मजबुत बनाउने, सांस्कृतिक र सामाजिक पहलहरू प्रवर्द्धन गर्ने रहेको बताए । आगामी कार्यकालमा समाजले युवा पुस्तालाई पनि समेट्दै सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको उनले बताए ।

समाजले अर्घाखाँचीको मूल संस्कृति, सामाजिक मेलमिलाप र आपसी सहयोगलाई प्रवर्द्धन गर्दै, स्थानीय समुदायबिच सहकार्य र सशक्तीकरणमा जोड दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?