Butwal Today

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ

२१ चैत्र २०८२, शनिबार
अ+
अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि आइतबार सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षी सरकार पक्षबाट लिखित जवाफ प्राप्त भइसकेको स्रोतले जनाएको छ। अब मुद्दाका सबै प्रक्रिया पूरा भइसकेकाले दुवै रिट भोलि पेसीमा चढ्ने बताइएको छ।

जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो। उक्त पक्राउ गैरकानूनी भएको दाबी गर्दै दुवै नेताले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।

चैत १६ गते भएका छुट्टाछुट्टै इजलास सुनुवाइपछि अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। उक्त आदेशअनुसार सरकार पक्षले लिखित जवाफ पेश गरिसकेको र अब भोलि मुद्दामा बहस हुने तयारी रहेको स्रोतले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?