Butwal Today

बिचौलिया प्रवृत्तिविरुद्ध कडाइ, मालपोत कार्यालयबाट एक जना पक्राउ

२१ चैत्र २०८२, शनिबार
अ+
अ-
सल्यान ।  सेवाग्राहीलाई सास्ती दिने बिचौलिया प्रवृत्तिविरुद्ध कडाइ थालेको प्रहरीले सल्यानको मालपोत कार्यालय परिसरबाट एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शारदा नगरपालिका वडा नम्बर, १ निवासी तिलक कँवरलाई सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा शङ्कास्पद गतिविधिमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको हो ।
प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार शुक्रवार पक्राउ परेका कँवरमाथि थप अनुसन्धान भइरहेको छ ।
मालपोत कार्यालयमा सेवा लिन आएका नागरिकलाई बिचौलियामार्फत काम गराउन बाध्य बनाउने र अनियमितता बढाउने गतिविधि नियन्त्रण गर्न यस्तो कारबाही गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस्ता गतिविधिमा संलग्न जो कोहीमाथि कडा निगरानी र कारबाहीलाई निरन्तरता दिने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?