© 2026
बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना बिचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई सहजीकरण गरिदिने नाममा कमिसन लिँदै आएका उनीहरूलाई सादा पोशाकमा निगरानी गरेको प्रहरीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटाका २५ वर्षीय सरोज खनाल र गुल्मी छत्रकोट गाउँपालिका घर भई हाल बुटवल-१३ बेलबास बस्ने ३७ वर्षीया कुसुम मरासिनी रहेकी छिन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको कार्यालय प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।