© २०२३
बाँके । बाँकेमा पछिल्लो २४ घण्टामा ५ जना दादुराका बिरामी थपिएका छन् । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा दुई सातायता ११५ जना बालबालिकामा दादु्रा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुराकै कारण ३१ महिने बच्चाको मृत्यु भएको छ । नेपालगञ्जका ११३ र खजुराका २ जनागरी ११५ जनामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुरा भएकामध्ये दुई जनाको अस्पतालमा उपचार भैरहेको छ भने ५८ जनालाई होम आइसोलेसनमा राखिएको छ । अस्पताल र होम आइसोलेसनमा राखिएकासहित ६२ जना उपचाररत रहेको खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए ।
दादुराका बिरामी बढ्न थालेपछि खोप अभियान सञ्चालन गरिएको छ । आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म १५ वटा खोप केन्द्रमा खोप अभियान सञ्चालन गरिएको खोप सुपरभाइजर श्रेष्ठले बताए । उनका अनुसार ८ वटा वडामा खोप कार्यक्रम सञ्चालन गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका १, ४, ५, ८, ११, १४ र १५ नम्बर वडामा दुई दुईवटा खोप केन्द्र सञ्चालन गरिएको छ भने ७ मा एउटा खोप केन्द्र सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । पुस २२ गतेदेखि २७ गतेसम्म ७ हजार १६३ जनाले खोप लिएका छन् । जिल्लामा ७ हजार मात्रा दादुरा–रुबेला खोप भण्डार रहेको सुपरभाइजर श्रेष्ठले बताए ।
यस्तै आज प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट ३० हजार मात्रा दादुरा रुबेला खोप आइपुग्ने उनले बताए । उता नेपालगञ्ज उपहानगरपालिकाले दादुरा तथा रुबेला रोगको महामारी फैलन सक्ने सम्भावना देखिएको भन्दै दुई दिनकालागि सार्वजनिक विदा घोषणा गरेको छ । पुस २८ र २९ गते उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा धार्मिक विद्यालयहरुमा पूर्व निर्धारित परीक्षालाई असर नपर्ने गरी सूचना प्रकाशित गरिएको उपसचिव गोर्खबहादुर थापाद्वाारा जारी सूचनामा उल्लेख गरिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी