© 2026
लमही ।
दाङको बबई गाउँपालिका वडा नं. ३ स्थित बनमा एक किशोरी मृत भेटिएकी छन् ।
साथीको जन्मदिन मनाउन भनी १२ चैत्रमा घरबाट निस्केकी बबई ३ सल्लीकोट निवासी १४ वर्षीय अनु खत्री सोही स्थानको भ्यूटावर नजिकै रहेको बनमा मृत भेटिएकी हुन्जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार सोमबार विहान १० बजेतिर प्रहरीले शव फेला पारेको हो । उनको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको छ ।
परिवारले घटना शङ्कास्पद भएकाले सत्य तथ्य छानबिनको माग गरेका छन् । प्रहरीले पनि यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।