ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

साहित्यकार हरासको अठारौं कृति “टाईम पास” विमोचन

२७ पुष २०७९, बुधबार
२७ पुष २०७९, बुधबार

कपिलवस्तु, २७ पुस ।

साहित्यकार हरिराज शर्मा (हरास) को अठारौं कृती आत्मपरक निबन्ध “टाईम पास” बिमोचन गरिएको छ । तौलिहवाको राधाकृष्ण मन्दिरमा आयोजित कृति बिमोचन समारोहमा कपिलवस्तु साहित्यिक समाजका अध्यक्ष पशुपतिमणी त्रिपाठी, बार एशोशिसनका पुर्व जिल्ला अध्यक्ष अधिवक्ता हुम बहादुर कुवर र कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख डाक्टर बिनय पाण्डेयले सामुहिक रुपमा कृतीको बिमोचन गरेका हुन् ।

प्रकाशित कृतीमा निबन्ध, कथा, हाईकु र कविता मार्फत विचार र भावना अभिव्यक्त गरिएको साहित्यकार पार्वती शर्माले बताईन् । साहित्यले समाजका हरेक आयामहरु जोडेको स्पष्ट पार्दै धर्म र ग्रन्थहरु समेत साहित्य सँग जोडिएको उनको प्रष्टोक्ति थियो । कृति विमोचनका क्रममा कृतिकारको परिचय दिदै राष्ट्रिय छन्दबादी समाजका केन्द्रीय अध्यक्ष साहित्यकार ऋषीकेशव भारद्वाजले साहित्यकार हरासलाई सिद्धहस्त कविको उपमा दिए ।

हारसको पहिलो खण्डकाव्य “कल्पना” प्रकाशत भएको स्मरण गर्दै अठारौं कृति सम्मले साहित्यिक जगतलाई धेरै उपहारहरु दिएको उनको प्रष्टोक्ति थियो । कृति समीक्षाका क्रममा समाजसेवी रामअचल यादवले हरासले साहित्यकै माध्यमबाट कपिलवस्तु र यहाँको संस्कृती चिनाउन योगदान दिएको बताए । कार्यक्रममा बाल श्रष्टा जेनिशा कंडेल, साहित्यकारहरु ऋषीकेशव भारद्वाज, भानु चर्तुवेदी, निरा कोरी, शकुन्तला पौडेल, गिता त्रिपाठी, निरु सिंह रायमाझी, श्याम प्रकाश श्रीवास्तव, भोला प्रसाद बिश्वकर्मा र गोविन्द धवल लगायतले आ–आफ्नो रचना वाचन गरेका थिए । आफु पारिवारिक भ्रमणका क्रममा अमेरिका रहँदा सो कृति तयार पारेको साहित्यकार हरिराज शर्मा (हरास) ले जानकारी दिए ।

७० वर्षीय साहित्यकार शर्माको कल्पना, ज्योत्सना, परिणति, कन्यादान, संस्कार खण्डकाव्य प्रकाशन भएका छन् । त्यसैगरी अरुणोदय बाल कविता, अभिव्यक्ति एवं परिवेश, हाईकु कविता संग्रह, लामो कविताः लामो कपाल, मनको व्यथा, मालिका महिमा, संगिता लगायतका लामो कविता संग्रहसँगै पारालिगलकय ककहरा अवधी कविता, यादें हिन्दी कविता संग्रह, श्रद्धान्जली शोक काव्य, अमेरिकामा एक सय अस्सी दिन र बन्दना (लकडाउन) कविता संग्रह प्रकाशित भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?