© 2026
पाल्पा । पाल्पा उद्योग वाणिज्य संघको निर्वाचनमा समिरमान सिंह निर्वाचित भएका छन् । सिंहले निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराईलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
नव निर्वाचित अध्यक्ष सिंहले ५७९ मत ल्याए भने उपविजेता भट्टराईले ५११ मत पाएका हुन् । यसै गरी वाणिज्य उपाध्यक्षमा रञ्जना थापा अर्याल विजयी भएकी छन् । थापाले ५३१ मत प्राप्त गरेकी थिईन भने प्रतिष्पर्धी सुरेन्द्रमान कर्माचार्यले ३३६ मत प्राप्त गरेका थिए । उद्योग उपाध्यक्षमा मुक्तिराम जिसी निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी क्षेत्रगत सदस्यहरुमा क्षेत्र नं. २ बाट सञ्जय कुमार श्रेष्ठ र विष्णु बहादुर पछाई निर्विरोध निर्वाचित भएका छन् भने क्षेत्र नं. ३ बाट दुई पदको लागी विनोद नेपाल, विश्व के.सी., क्षेत्र नं. ४ बाट नारायण न्यौपाने र नारायण बहादुर पछाई निर्वाचित भएका छन् भने क्षेत्र नं. ५ बाट विनायक महर्जन र किशोरदर्शन बज्राचार्य निर्विरोध निर्वाचित भए ।
सदस्यहरुमा क्षेत्र नं. ६ बाट लक्ष्मण प्रसाद रेग्मी र अमन श्रेष्ठ, क्षेत्र नं. ७ बाट विन मल्ल, मोहन बहादुर कुवँर निर्वाचित भएभने क्षेत्र नं. ८ बाट रमेश राज बज्राचार्य, क्षेत्र नं. ९ बाट निराकार श्रेष्ठ निर्विरोध निर्वाचित भए ।
क्षेत्र नं. १० बाट विदुर घिमिरे र सुरेश गोदार, क्षेत्र नंं ११ बाट दुई सदस्यको लागी कमल प्रसाद पाण्डे, जिवन पाण्डे, निवाचित भएका छन् । यो क्षेत्रमा जिवन पाण्डे र सन्तोष श्रेष्ठको मत बराबर आएपछि गोला थुत्दा जीवन पाण्डे विजयी भएको निर्वाचन अधिकृत टंक प्रसाद पन्थले बताए ।
कार्यसमिति सदस्यमा क्षेत्र नं. १२ बाट दिपक घिमिरे र गंगाराम नेपाल, क्षेत्र नं. १३ बाट समत मियाँ र एसोसियट सदस्यमा दामोदर गैरे निर्विरोध निर्वाचित भएका थिए ।