© २०२३
बुटवल, २७ पुस ।
गुल्मी सिर्सेनी समाज रुपन्देहीले पुस २३ गते शनिबार आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको छ । गुल्मी मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष भिष्म अर्यालले गरेका थिए । कार्यक्रममा ८४ बर्ष पुगेका जेष्ठ नागरिक, बिशिष्ट, आजिवन विशिष्ट सदस्य र सँस्थाको हितमा सहयोग गर्ने बिभिन्न ब्यक्तिलाई प्रमुख अथिति महेन्द्र कँुवर मार्फत सम्मान पत्र दिएर सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कँुवरले सिर्सेनी समाजको स्थापना गरेर सिर्सेनीबासीलाई भावनात्मक रुपमा एउटै मालामा जोड्न र सिर्सेनीबासीलाई समस्या पर्दा समाजले गरेको सेवाप्रति प्रशंसा गर्दै समाजका यस किसिमका काममा आवश्यक पर्दा गाउँपालिका पनि हातेमालो गर्न तयार रहेको बताए ।
कार्यक्रममा समाजका सल्लाहकार सिमली फाउण्डेसनका सञ्चालक महेन्द्र अर्यालले फाउण्डेसनको प्रमुख सहयोगमा समाज मार्फत छिट्टै जन्मभूमि सिर्सेनीमा स्वास्थ्य शिविर लैजाने प्रतिबद्धता जनाए । समाजले सथापना भएको पहिलो बर्षमै आफ्नो अगुवाइमा दुर्घटनामा परेका र असहायका लागि सहयोग आह्वान गरी पाँच लाख भन्दा बढी रकम संकलन गरी घाईते र असहायका नाममा हस्तान्तरण गरेको कोषाध्यक्ष ज्ञानु अर्यालले बताए ।
कार्यक्रममा समाजका अध्यक्ष भिष्म अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष ऋषि भट्टराइ, सचिव महेन्द्र अर्यालले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको बन्द सत्रमा कोषाध्यक्ष ज्ञानु अर्यालले आर्थिक प्रतिवेदन पेश गर्नुका साथै समाजको कोषलाई ब्यवस्थित र चुस्त बनाउन रोमलाल पुरीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिती समेत गठन गरिएको छ ।