Butwal Today
बुटवलमा ३०१ औं पृथ्वीजयन्ती मनाईयो

‘हिन्दुत्वको रक्षा, राष्ट्रिय एकता र सद्भाव आजको आवश्यकता’

२६ पुष २०७९, मंगलवार
अ+
अ-

बुटवल, २६ पुस ।

नेपालको ईतिहासमा राष्ट्रनिर्माता भनेर चिनिने पृथ्वीनारायण शाहको ३ सय १ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बुटवलमा एक कार्यक्रमको आयोजना गरियो । बिश्वहिन्दु महासंघ रुपन्देहीद्धारा आयोजित ३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ सँस्कृतिविद् तथा प्रज्ञा प्रष्ठिानका पूर्व उपकुलपति डा.जगमान गुरुङ्गले हिन्दुत्वको रक्षा, राष्ट्रिय एकता र सद्भाव आजको आवश्यकता रहेको बताएका छन् ।

बाईसे चौबिसे राज्यका नाममा टुक्रा टुक्रा भएको नेपालको एकीकरण गर्ने, घुस खाने र भ्रष्टाचार गर्नेलाई कडा दण्डित गर्ने, नेपाललाई चार जात ३६ बर्णको साझा फुलवारी बनाउने र सामाजिक विभेदको अन्त्य गरी सार्वभौम राष्ट्रको स्थापना गर्ने ब्यक्तित्व पृथ्वीनारायण शाहको उचित सम्मान आवश्यक रहेको डा. गुरुङ्गले बताए । हिन्दुत्व भनेको आदर, सम्मान, नैतिक, चरित्र र सद्भाव र बिश्वासको सकारात्मक प्रयोग गर्ने सर्वोत्तम संस्कृति भएको चर्चा गर्दै वरिष्ठ संस्कृतिविद डा. गुरुङ्गले आधुनिक नेपालका निर्माता भनेर समेत पहिचान बनाएका पृथ्वीनारायणले राष्ट्रिय एकता र जातिय सद्भावलाई अतिनै महत्वका साथ सिरोपर गरेर अघि बढेको स्मरण गरेका छन् ।

हिन्दु धर्मका नाममा लगाइने विभिन्न आरोपहरु निराधार रहेको बताउँदै संस्कृतविद् डा. गुरुङ्गले इतिहासका सबै पाना पल्टाएर हेर्दा कुनै ठाउँमा हिन्दुले अन्य समुदायलाई अनादर गरेको नपाइएको दावी गरेका छन् । कार्यक्रममा पूर्व सांसद शकंर पाण्डे, विश्वहिन्दु महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षेत्री, नेपाल जेसिसका पुर्व अध्यक्ष अनुपमान सैंजु, रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ, कार्यालय सचिव उर्मिला श्रेष्ठ लगायतले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको नेपाल एकीकरणको योगदानको उच्च कदर गर्नुपर्ने कुरामा जोड दिएका थिए । ्

यसैबीच नेपाल सरकारले पुस २७ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेकोमा कार्यक्रममा सहभागी सबैले स्वागत गरेका छन् । सरकारको उक्त निर्णय निकै सान्दर्भिक र स्वागत योग्य रहेको भन्दै वरिष्ठ अधिबक्ता बेनबहादुृर पौडेलले सबैतिरबाट हिन्दु धर्ममाथि प्रहार भैरहेको समयमा यस्तो निर्णयले केहि हदसम्म भएपनि हिन्दुत्व प्रति सम्मान गरेको बताएका थिए । कार्यक्रममा समाजसेवा मार्फत हिन्दुत्व रक्षाका लागि योगदान पुराएका रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेल लगायत बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।