© 2026
भैरहवा । नेपालमा गुणस्तरीय तथा आधुनिक स्यानिटरी सामग्रीको आपूर्ति विस्तार गर्ने लक्ष्यसहित ‘सेरा’ ब्रान्डका विभिन्न उत्पादनहरू भैरहवामा सार्वजनिक गरिएको छ ।
बिहीबार लुम्बिनी रोडमा आयोजित कार्यक्रममा ब्रान्डका विभिन्न उत्पादनहरू एकैसाथ बजारमा ल्याइएको हो । नेपाली बजारमा उक्त ब्रान्ड भित्र्याउने काम चैतन्य इन्जिनियरिङ एन्ड ट्रेड प्रालिले गर्दै आएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सेरा सेनेटवेयर लिमिटेडका अध्यक्ष सन्दीप अब्ह्रामले ‘सेरा’ ब्रान्ड उपभोक्तामैत्री उत्पादनमा केन्द्रित रहेको बताए। उनका अनुसार यस ब्रान्डका सामग्रीहरू गुणस्तरीय मात्र नभई आधुनिक डिजाइन र दिगो प्रयोगका हिसाबले समेत उपयुक्त छन्।
सेरा अन्तर्गत धारा, कमोड, बेसिन, सावरलगायतका सामग्रीहरू उपलब्ध रहेका छन्, जसले घरदेखि व्यावसायिक संरचनासम्मका आवश्यकता पूरा गर्ने विश्वास गरिएको छ।
भैरहवाका आधिकारिक विक्रेता सुशान्त आचार्यले स्थानीय बजारमा गुणस्तरीय स्यानिटरी सामग्रीको कमी रहेको अवस्थामा ‘सेरा’ ले नयाँ विकल्प दिने बताए । उनले उचित मूल्यमा टिकाउ तथा आकर्षक डिजाइनका सामग्री उपलब्ध गराउने लक्ष्यसहित प्रभावकारी बिक्रीपछिको सेवा प्रदान गरिने जानकारी दिए ।
कम्पनीका अनुसार पछिल्लो समय नेपालमा आधुनिक र गुणस्तरीय स्यानिटरी सामग्रीको माग बढ्दै गएकाले उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका उत्पादन उपलब्ध गराउने लक्ष्यसहित ‘सेरा’ भित्र्याइएको हो ।
भारतमा उत्पादन हुने ‘सेरा’ ब्रान्डका सामग्रीहरू हाल नेपालसहित लन्डन, दुबई, श्रीलङ्का लगायत करिब ४० देशमा बिक्री वितरण हुँदै आएका छन्। अन्तर्राष्ट्रिय बजारमा स्थापित ब्रान्ड भएकाले नेपालमा पनि यसको माग बढ्ने अपेक्षा गरिएको छ।
चैतन्य इन्जिनियरिङ एन्ड ट्रेड प्रालिले आगामी दिनमा ‘सेरा’ का उत्पादनहरू देशका अन्य प्रमुख सहरहरूमा समेत विस्तार गर्ने योजना बनाएको जनाएको छ। कम्पनीले गुणस्तर, विश्वास र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा निर्माण व्यवसायी, प्राविधिक, स्थानीय व्यापारी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो ।