ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

हनि ट्रयापमा पारेर पाँच करोडको डिल गर्ने मुख्य योजनाकार अनुष्का कारागार चलान

२५ पुष २०७९, सोमबार
२५ पुष २०७९, सोमबार

घोराही, २५ पुस ।

दाङमा हनि ट्रयापमा पारेर करोडौ रुपैयाँ बार्गेनिङ गर्ने मुख्य योजनाकार अनुष्का सिंह पुर्पक्षका लागि कारागार चलान भएकी छिन । सोमबार भएको थुन छेक बहसमा दाङ जिल्ला अदालतले गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ बर्षीय अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराजले मुख्य योजना बनाई हनि ट्रयापमा पारेर फसाउन खोजेको भन्दै उनलाई कारागार चलान गर्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलाशले दुई वटा नागरिकता भएकी सिंहलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ । प्रहरीले एक पुरुष र २ जना महिलासहित ३ जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । अर्की एक जना महिला भने एक लाख धरौटी रकम तिर्न नसकेर कारागार चलान भएकी हुन् भने जाहेरवाला सरकारी कागज किर्ते मुद्दामा पुरुष साधारण तारिखमा रिहा भएका छन् ।

हनि ट्रयापमा पैसा असुल्न खोज्ने आपराधिक लाभ मुद्दामा घोराही १० नारायणपुरका २७ बर्षीय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी ३६ बर्षीय कृष्णिकुमारी बस्नेत जनही एक लाख धरौटीमा छुटेका छन् । जाहेरवाला सरकारी किर्ते कागज लिखतमा मुद्दा चलाईएका प्रेमबहादुर खड्का साधारण तारीखमा रिहा भएका छन् ।

व्ल्याकमेलिङ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने भनेर ती महिलाहरुले धम्की दिदै आएका थिए । ती पीडित ब्यवसायीले आफुलाई यौन सम्बन्धको प्रस्ताव राख्दै व्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । मुख्य योजनाकार भनिएकी अनुष्काले दुई वटा नागरिकता र स्कुटीको लाईसेन्स बनाउन जाहेरवाला प्रेमले सहयोग गरेको भन्दै दुवै विरुद्ध सरकारी कागजात किर्तेमा पनि मुद्दा प्रहरीले चलाएको थियो ।

उनीहरुबीचको मोबाईल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको र नगद ३० लाख बुझेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । बार्गेनिङ गरे अनुसारको थप पैसा माग्नेक्रममा उनीहरुलाई प्रहरीले समातेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?