© २०२३
मनु गुरुङ
बुटवल, २५ पुस ।
बटवलको सिद्धेश्वर लालकुमारी माविका गरिव तथा विपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक प्रदान गरिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ७ मा रहेको सिद्धेश्वर लालकुमारी माविका विद्यार्थीलाई एक कार्यक्रमका बीच विद्यालय पोशाकका साथमा जुत्ता, मोजा र टोपी प्रदान गरिएको हो । बुटवल वडानम्बर ७ का वडाअध्यक्ष पदमराज गाहाले ५२ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य राधादेवी पौडेल, सुनिता खड्लुङ, वडा सदस्य विर बहादुर लामा, वडा सदस्य सन्दिप खनाल, तुलसी विश्वकर्मा, सिद्धेश्वर लाल कुमारी माविका प्रधानाध्यापक दिनानाथ गिरी, ब्यवस्थापन समितिका सागर प्रसाद न्यौपाने, कृष्ण प्रसाद ज्ञवाली, राजेन्द्र रिजाल, थानेश्वर बस्याल, होम मल्ल लगायतको सहभागिता थियो ।
यसैबीच वडाअध्यक्ष पदमराज गाहाले रातीमा जनताको सुरक्षालाई मध्यनजर गर्दै श्रवणपथको पुल अगाडि, सोमबारे बजारको पुल अगाडि, बेसक्याम जाने चोकमा चरङ्गे जाने बाटो गरी ठाउँठाउँमा फक्स लाइट पनि जडान गरेका छन् । उनले यस्ता रचनात्मक काम आगामी दिनमा पनि गर्दै जाने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी